०५ असार २०८३, शुक्रबार

आफू सुतेको भिडियो लाइभ गरेर मानिसहरू कमाइरहेछन् लाखौं रुपैयाँ (भिडियो)

फागुन २८, २०७६
आफू सुतेको भिडियो लाइभ गरेर मानिसहरू कमाइरहेछन् लाखौं रुपैयाँ (भिडियो)

आलस्य र निद्रा त्याग्दै मानिसहरू मेहनत गरेर पैसा कमाउँछन् । तर सुतेर पनि पैसा कमाउन थालिएको छ । अनेकौं कम्पनीहरूले मानिसहरूलाई सुत्नका लागि पैसा दिइरहेका छन् । 

वायर्ड नामक एक टेक वेबसाइटले इन्टरनेटमा लाइभ स्ट्रीमिङ कम्पनी ट्विचले आफ्ना प्रयोगकर्ताहरूलाई सुत्नका लागि लाखौं रुपैयाँ दिइरहेको लेखेको छ । 

यसमा प्रयोगकर्ताले केही गर्नुपर्दैन । आफू सुतेको बेलाको भिडियो लाइभ स्ट्रीमिङ गरे पुग्छ । 

ट्विच प्रयोगकर्ताहरू सुत्नुअघि वेबक्यामलाई ओछ्यानतिर घुमाइदिन्छन् । अनि उनीहरू सुतेको रेकर्डिङ गरेर लाइभ स्ट्रीमिङ गर्छन् । 

प्रयोगकर्ताले लाइभ स्ट्रीमिङ गर्दा फलोअरहरूले पैसा दिन्छन् । त्यसमार्फत प्रयोगकर्ताहरूले एक रातमै लाखौं डलर कमाउँछन् । 

अमेरिकाका एक भिडियोमेकरले आफू सुतेको लाइभ स्ट्रीमिङ गरेर ५ हजार ६०० डलर कमाएको बताए । त्यो भनेको ६ लाख ६६ हजार ४७६ रुपैयाँ हो ।

अन्लाइन शपिङ वेबसाइट अमेजनकै सानो कम्पनी हो ट्विच । त्यसको लाइभ स्ट्रीमिङमा संसारभरिका डेढ करोड प्रयोगकर्ता छन् । 

उक्त वेबसाइटमा प्रयोगकर्ताले सुतेको मात्र नभई दिनमा गरेको कामको पनि भिडियो वा लाइभ स्ट्रीमिङ गर्न सक्छन् । 

प्रयोगकर्ताहरूले पैसा कमाउनका लागि पेड सब्सक्रिप्सन, विज्ञापन रेभेन्यु र डोनेसन लिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्