२४ असार २०८३, बुधबार

कृत्रिम अभाव सृजना गर्ने बानेश्वरको फार्मेसीलाई २ लाख जरिवाना

फागुन २८, २०७६
कृत्रिम अभाव सृजना गर्ने बानेश्वरको फार्मेसीलाई २ लाख जरिवाना

सरकारले कृत्रिम अभाव सृजना गरेर महँगो सामग्री महँगो मूल्यमा विक्री गरेको अभियोगमा काठमाडौँको नयाँबानेश्वरस्थित भरोसा फार्मेसीलाई कारबाही गरेको छ। 

मास्कसहित सर्जिकल सामग्रीमा कृत्रिम अभाव सृजना गरेको अभियोगमा वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले फार्मेसीलाई बुधबार २ लाख जरिवाना गरेको हो।

उक्त फार्मेसीले २० रुपैयाँको मास्क १ सय २० रुपैयाँसम्ममा बिक्री गरेको उजुरी परेको थियो।

विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘‘उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) कसुरमा दफा ३९ (१) (ख) बमोजिम जरिवाना गरिएको होे।   
 

salt training

कमेन्ट गर्नुहोस्