१७ असार २०८३, बुधबार

३० हजार तलब खाने कर्मचारीले मासिक ४० हजार शुल्क भएको स्कुलमा छोराछोरी पढाउँछन्

फागुन २९, २०७६
३० हजार तलब खाने कर्मचारीले मासिक ४० हजार शुल्क भएको स्कुलमा छोराछोरी पढाउँछन्

विद्यालयको शुल्क जति चर्को हुन्छ अभिभावकको मोह उति बढी हुन्छ । छोराछोरी ठूलो र महँगा स्कुलमा पढ्छन् भनेर देखाउन खोज्ने अभिभावकको आडम्बरको आडमा निजी विद्यालयले शुल्क बढाउन होडबाजी गर्छन् । रातदिन पैसा कमाउने उद्योगी र व्यापारी मात्र होइन मासिक तलब थाप्ने सरकारी कर्मचारीले पनि महँगा स्कुल रोज्छन् ।

अत्यधिक महँगो शुल्क लिने प्रिमियर, काठमाडौं वर्ल्ड, युलेन्स, युरो किड्स, मिल्सबेरीलगायत विद्यालयमा आधिकारिक रूपमा न्यून आर्थिक स्रोत भएका व्यक्तिले पनि छोराछोरी पढाउँछन् । सरकारी जागिर खाने उपसचिवको ४० हजार, अधिकृतको ३६ हजार, नासुको २८ हजार, खरदारको २६ हजार तलब छ । तर, उनीहरूले नै आफ्नो मासिक तलबले नपुग्ने विद्यालयमा छोराछोरी पढाइरहेका छन् । 

उता विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहलाई भए पनि काठमाडौं र ललितपुर महानगरले समेत शुल्क निर्धारण र अनुगमन गर्न सकेका छैनन् । शिक्षा ऐन र नियमावलीले सेवा–सुविधाका आधारमा विद्यालयहरूलाई क, ख, ग र घ मा वर्गीकरण गरेको छ । ग श्रेणीलाई आधारभूत मानेर शुल्क निर्धारण गर्ने र माथिल्लो ख श्रेणीकाले थप २५ र क श्रेणीका विद्यालयले थप ५० प्रतिशत शुल्क लिन पाउने व्यवस्था छ ।

अभिभावकलाई आम्दानीको स्रोत घोषणा गराउनुपर्छ : रामेश्वर खनाल
अर्थशास्त्री

गैरकानुनी स्रोतबाट पैसा कमाउने र बालबच्चाको शुल्क धेरै तिर्न प्रतिस्पर्धा गर्ने प्रवृत्तिलाई रोक्नुपर्छ । त्यसका लागि विद्यालयले अभिभावकलाई नो योर कस्टमर (केवाइसी) फारम भराउने र रकम लिँदा स्रोत घोषणा गर्न लगाउने व्यवस्था गर्नुपर्छ । बैंकमा पैसा जम्मा गर्दा स्रोतको घोषणा गरेजस्तै स्कुलमा पनि गर्नु उचित हुन्छ । त्यसो भयो भने कालोधन, घुसलगायत अनुचित आम्दानी गर्ने र खर्चमा अनावश्यक प्रतिस्पर्धा गर्ने प्रवृत्ति निरुत्साहित हुन्छ । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्