१३ असार २०८३, शनिबार

कोरोना प्रभाव : एउटा सिंगो केराका लागि सयौं बाँदरको लुछाचुँडी (भिडियो)

फागुन २९, २०७६
कोरोना प्रभाव : एउटा सिंगो केराका लागि सयौं बाँदरको लुछाचुँडी (भिडियो)

थाइल्यान्डमा कोरोनाभाइरसको प्रभावका कारण पर्यटकहरू आउन छोडेपछि त्यहाँका बाँदरलाई समेत मुश्किल पर्न थालेको छ । 

मध्य थाइल्यान्डको लोपबरीमा एउटा केराका लागि सयौं बाँदरहरूले झगडा गरेका छन् । 

पर्यटकहरू त्यस ठाउँमा पुगेर बाँदरहरूलाई केरा खुवाउने गरेका थिए तर अहिले पर्यटकको संख्या घटेको छ । 

बाँदरका दुई समूहले केराका लागि झगडा गरेको बताइएको छ । शहरी इलाकामा बस्ने र मन्दिर क्षेत्रमा बस्ने बाँदरहरूले केराका लागि झगडा गरेका हुन् । 

घटनाको भिडियो फूटेजमा सयौं बाँदरहरू सडक पार गरेर केरा लिएको एक बाँदरलाई लखेटिरहेका देखिन्छन् । 

उनीहरूले त्यो एक्लो बाँदरमाथि उफ्रिएर केरा खोस्न खोजेका थिए । 

ती बाँदरहरूलाई देखिरहने स्थानीय पनि तिनको क्रोध देखेर छक्क परे । 

नजिकैको पसलमा काम गर्ने सासालुक रत्तनाचाइले घटनाको भिडियो खिचेकी हुन् । 

उनले भनिन्, ‘उनीहरू बाँदर भन्दा पनि जंगली कुकुर जस्ता देखिए । एउटा केराका लागि उनीहरू लुछाचुँडी गरिरहेका थिए । मैले उनीहरूलाई यति आक्रामक कहिले पनि देखेको थिइनँ ।’

‘बाँदरहरू एकदमै भोकाएका हुनुपर्छ । सामान्यतया यहाँ धेरै पर्यटकहरू आउँछन् र बाँदरलाई खानेकुरा दिन्छन् । तर अहिले कोरोनाभाइरसका कारण धेरै पर्यटकै छैनन् ।’

salt training

कमेन्ट गर्नुहोस्