१० साउन २०८३, आइतबार

यातायात प्राधिकरणसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा

फागुन २९, २०७६
यातायात प्राधिकरणसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा
फाइल फोटो

राष्ट्रियसभाको बैठकमा ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ ।

सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सो प्रतिवेदन पेश गरेका हुन् ।

यसैगरी अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद्को गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुाएका थिए ।

बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका ‘प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५’, ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ र ‘राष्टिय खेलकूद विकास विधेयक, २०७५’ का सम्बन्धमा प्राप्त सन्देशको जानकारी गराएका थिए ।

साथै बैठकले पहिलो संविधानसभाका सदस्य धर्म घिमिरेको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । सभाको अर्को बैठक आगामी चैत २ गते १ बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्