१२ साउन २०८३, मंगलबार

रियाल मड्रिडका खेलाडीलाई क्वारेन्टाइनमा राखिएपछि ला लिगा दुई हप्ताका लागि स्थगित

फागुन २९, २०७६
रियाल मड्रिडका खेलाडीलाई क्वारेन्टाइनमा राखिएपछि ला लिगा दुई हप्ताका लागि स्थगित

स्पेनका फूटबल अधिकारीहरूले दुई हप्ताका लागि ला लिगा स्थगित गरेका छन् । रियाल मड्रिड क्लबका खेलाडीहरूलाई आइसोलेसनमा रािखएपछि ला लिगा स्थगित गरिएको हो । 

रियाल मड्रिडका बास्केटबल खेलाडीमा कोरोना पुष्टि भएपछि सबै टीमहरूले क्लबको भाल्देबेबास ट्रेनिङ ग्राउन्डमा खेलाडीलाई क्वारेन्टाइनमा राखेका हुन् । 

त्यसपछि देशका शीर्ष खेल अधिकारीहरूले ला लिगा स्थगित गर्ने निर्णय लिए । 

यस निर्णयले तल्लो डिभिजनका क्लबहरूको खेल पनि स्थगित गराएको छ । 

मार्का पत्रिकाले लेखेअनुसार, ला लिगा अधिकारीहरू पूरै खेल स्थगित गर्ने पक्षमा थिएनन् तर एसोसिएसन अफ स्पेनिस फूटबलर्सले उनीहरूलाई दबाब दियो । 

यससँगै रियाल मड्रिडले म्यानचेस्टर सिटीसँग खेल्ने च्याम्पियन्स लीगको दोस्रो लेगको खेल पनि स्थगित भएको छ । 

अनि नेपोली पनि बार्सिलोना जान नपाउने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्