
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रको रुपमा विकास गर्न सबैसँग सहकार्य गर्ने बताएका छन् ।
उनले विगतमा विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरुले हाजिरी गर्ने र टाप कस्ने गरेको गुनासो आएको बताउँदै आफू रहुञ्जेल त्यस्तो गतिविधि स्वीकार्य नहुने बताए ।
‘यहाँ को के कस्ता छन सबै मलाई थाहा छ । म यही माटोको उत्पादन हुँ । म यो विश्वविद्यालयलाई साँच्चिकै पढ्नलायक बनाउने सपनाका साथ यहाँ आएको छु,' उनले भने, ‘हाजिरी गर्ने टाप कस्नेलाई माफी दिइदैन । विद्याथीहरुले पनि हाजिरी लगाउने र कुलेलम ठोक्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ ।’
बिहिवार विश्वविद्यालयमा पदभार गर्दै विश्वविद्यालयलाई आफ्नो छोरा जस्तै माया गरी हुर्काउने बताएका छन् । ‘मेरी एक मात्र छोरी छन् आजदेखि अर्को सन्तानका रुपमा विश्वविद्यालय थपिएको छ,' उनले भने, ‘मैले यो विश्वविद्यालयलाई मेरो छोराजसरी हुर्काउन आएको छु ।’
चार वर्षभित्र विश्वविद्यालयलाई उदाहरणीय बनाएर देखाउने जोसका साथ आएको बताए । ‘यो उर्जा जिवनको अन्त्य सम्म पनि विश्वविद्यालयका लागि हुनेछ,' उनले भने, मलाई थाहा छ कुनै पनि मानिस जन्मेपछि उसको मृत्यु हुन्छ ।'
यो ठाउँमा आफ्नो मृत्यु हुँदा धेरै मान्छेले मलाई सम्झेर रुने बनाउने इच्छा रहेको सिंहले बताए । विश्व प्रख्यात रोबिन शर्माको किताबको उदाहरण दिंदै उनले जसले समाजका मानिसहरुको हितका लागि बोल्छ तबमात्र उसलाई सबैले सम्झने उनले बताए ।
२० वर्षसम्म जनताको बीचमा काम गरेर २१ वर्षमा विश्वविद्यालय प्रवेश गरी २५ वर्षमा नेपाल र विश्वका विश्वविद्यालयका वालहरु आफूले रङ्गाएको उपकुलपति सिंहले बताए ।
कालिकोटको गाउँमा जन्मेर बोर्डिङ स्कुलको नाम नदेखेको भएपनि हाइस्कुल दैखेलमा पढेको सम्झदै विश्व विद्यालय पढ्न किर्तिपुर र काठमाण्डौं धाउँदा पनि अन्य विद्यार्थीहरुसँग प्रतिस्पर्धा गरी सबैलाई हराएर पहिलो नम्बरमा आउने गरेको बताए ।
कर्णालीमा नै हुर्किएर अहिले फेरि यो क्षेत्रको रोग, भोग र अशिक्षालाई शिक्षाका माध्यमबाट हटाउनुपर्छ भनेर कर्णाली फर्केको सिंहको भनाइ छ । फरक प्रसङ्गमा उनले विश्वविद्यालय केन्द्रीय सरकारले दिएको रकममा, उपकुलपति, रजिष्टार, प्रोफेसरहरु अख्तियारको ढोकामा जाने प्रथाको अन्त्य गरी समग्र कर्णालीको शिक्षाको विकासका लागि सदैव अगाडि बढ्ने उपकुलपति सिंहको योजना छ ।
सम्भावनाको खानीका रुपमा रहेको कर्णालीका जनताको मेहनत र आशालाई अन्तराष्ट्रियस्तरसम्म समन्वय गरी नयाँ प्रविधिको विकास गर्ने उनले बताए ।
शिक्षामा भ्रष्टाचार भएको देश विकास हुन नसक्ने बताउँदै उनले राजनीति आस्था र विचारका आधारमा विद्यार्थीहरु माथि भेदभाव नगर्न सबैलाई सचेत गराए ।
समाजमा रहेर उच्च ओहोदामा रहनेदेखि अन्य क्षेत्रमा रहेर काम गर्ने व्यक्तिलाई जन्माउने थलो नै विश्व विद्यालय भएकोले यसको विकासका लागि सबैले हातेमालो गर्न जरुरी रहेको उपकुलपति सिंहले बताए ।