०३ साउन २०८३, आइतबार

मोदीको पार्टीका नेता भन्छन् – पूजापाठ गर्नेलाई कोरोना लाग्दैन !

फागुन ३०, २०७६
मोदीको पार्टीका नेता भन्छन् – पूजापाठ गर्नेलाई कोरोना लाग्दैन !

भारतको सत्तारूढ भारतीय जनता पार्टीका एक नेताले ठूला समारोहमा प्रार्थना गर्ने मानिसहरूलाई कोरोनाभाइरस नलाग्ने बताएका छन् । उनीहरूलाई दैवी शक्तिले जोगाउने ती नेताको भनाइ छ । 

भाजपाको पश्चिम बंगाल शाखाका अध्यक्ष दिलीप घोषले कोरोनाभाइरसको चिन्ता बढ्दै जाँदा त्यसलाई बेवास्ता गर्दै एगरा शहरमा पूजापाठ गराएका हुन् । 

उनले भने, ‘यहाँ के भइरहेको छ, हेर्नुस् । हजारौं मानिस पूज ागर्न आएका छन् । उनीहरू पानी पिइरहेका छन् र त्यही हातले प्रसाद लिइरहेका छन् । ईश्वरको कृपाले उनीहरूलाई केही पनि हुने छैन ।’

संसारभरि कोरोना संक्रमण फैलिन नदिन लकडाउन र हिँडडुलमा प्रतिबन्ध लगाइएकोलाई पनि घोषले खारेज गरे । भारतको परम्परागत जीवनपद्धतिमा यस्ता उपाय अनुकूल नठहरिने उनको भनाइ छ । 

‘आमाहरू अनि दिदीबहिनीहरू टाढाबाट पूजा गर्न आउनुभएको छ । यो हाम्रो संस्कृति हो र भारतभरि देख्न पाइन्छ । हाम्रो देशको पहिचान नै यही हो र हामीहरू यसरी नै प्रगति गरिरहेका छौं,’ उनले भने ।

घोषले विभिन्न देशमा कोरोनाको त्रासको वातावरण रहेकोमा पनि गुनासो गरे । अन्तरिक्षको यात्रा गरिसकेका देशका मानिसले आफूलाई लकडाउनमा राख्नु ठीक नभएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्