२३ असार २०८३, मंगलबार

मास्कको अभाव हुन नदिन उत्पादन शुरू

चैत १, २०७६
मास्कको अभाव हुन नदिन उत्पादन शुरू

बजारमा मास्कको अभाव भइरहँदा झापा दमकका महिलाको सामाजिक संस्था सुन्दर समाज नेपालले यसको उत्पादन शुरू गरेको छ ।

उद्योग वाणिज्य सङ्घ दमकसँगको समन्वयमा संस्थाले दैनिकरुपमा छ जनाले मास्क उत्पादन गरिरहेको समाजका उपाध्यक्ष लक्की सिटौलाले बताए।

दैनिक ५०० बढी मास्क उत्पादन गरिरहेपनि माग उच्च रहेको सिटौलाले बताए । सो मास्क होलसेलमा प्रतिगोटा रु १५ मा बिक्री भइरहेको र व्यवसायीले सर्वसाधारणलाई रु २५ भन्दा बढी मूल्यमा बिक्री नगर्न आग्रह गरिएको सिटौलाले जानकारी दिए। मागअनुसार थप उत्पादन बढाइने बताइएको छ ।  

समाजबाट उत्पादित मास्क विपन्न परिवारलाई निःशुल्क उपलब्ध गराउने तथा मास्क बिक्रीबाट हुने नाफाबापतको रकम आश्रम आश्रित विपन्न तथा अनाथ बालबालिका, ज्येष्ठ नागरिकको सहयोगमा खर्च गरिने समाजले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्