०७ असार २०८३, आइतबार

काठमाडौंको मेयर हुने चर्चाका बीच कुलमानले दिए यस्तो

कात्तिक २०, २०७४
काठमाडौंको मेयर हुने चर्चाका बीच कुलमानले दिए यस्तो

काठमाडौं, ७ वैशाख– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नालागि काठमाडौंको मेयरको जिम्मेवारीभन्दा उर्जा क्षेत्रको जिम्मेवारी ठूलो भएको बताएका छन् ।

केही दिन यता उनलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रले काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवार बनाउन लागेको चर्चा चलेपछि कुलमानले यस्तो बताएका हुन् ।

आफ्नालागि उर्जा क्षेत्रको जिम्मेवारी ठूलो भएको भन्दै कुलमानले आफू यसबाट बिचलित नहुने स्पष्ट पारेका छन् । ‘मेरा लागि मेयरको जिम्मेवारीभन्दा ऊर्जा क्षेत्रको जिम्मेवारी ठूलो छ । म कहिँ कतै बिचलित हुने छैन,’ कुलमानले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ।

लोडसेडिङ हटाएर चर्चा बटुलेका कुलमानलाई माओवादी केन्द्रका केही नेताहरुले काठमाडौंको मेयरमा उठाउनुपर्ने आवाज पार्टीभित्र उठाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्