२० असार २०८३, शनिबार

सीमा विवाद हल गर्न कूटनीतिक पहल जारी : परराष्ट्रमन्त्री

सीमा विवाद हल गर्न कूटनीतिक पहल जारी : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको सीमा विवाद समस्या हल गर्न कूटनीतिक तवरबाट पहल भइरहेको बताएका छन्।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा नेकपाले आयोजना गरेको  कार्यक्रममा उनले भारतले लिपुलेक जस्ता सीमा मिचेकाले उक्त क्षेत्र फर्काउन वार्ताको मिति तोक्न कूटनीतिक पहल भइरहेको बताएका हुन्।

भारतले एकलौटी रुपमा नेपालको भूमिलाई समेटेर तयार पारेको नक्सा नेपालका लागि मान्य नभएको भन्दै कूटनीतिक तरिकाबाट सीमा समस्या हल गर्नका लागि वार्ताको माध्यमबाट समाधान गर्न मिति तत्कालै तोक्ने गरी तयारी भएको जानकारी गराए।
 

salt training

कमेन्ट गर्नुहोस्