१२ असार २०८३, शुक्रबार

स्पेनमा एकै दिनमा थप डेढ हजारमा कोरोनाको संक्रमण

चैत १, २०७६
स्पेनमा एकै दिनमा थप डेढ हजारमा कोरोनाको संक्रमण

स्पेनमा पनि कारोना भाइरसको संक्रमितको संख्या बढ्दै गएको छ।

 शुक्रबारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५ सयभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

 योसँगै स्पेनमा कोभिड–१९ सङ्क्रमितको संख्या पाँच हजार ७ सय ५३ पुगेको छ। युरोपमा इटालीपछि कोरोना भाइरसका कारण दोस्रो बढी प्रभावित मुलुक स्पेन बनेको छ।

स्पेनमा हालसम्म १ सय ३६ व्यक्तिको कोभिड–१९ संक्रमणका कारण मृत्यु भइसकेको छ। 

स्पेनको सरकारले कोरोना भाइरसको संक्रमणबाट एकै दिन ठूलो सङ्ख्यामा नागरिक विरामी परेपछि भाइरससँग लड्न स्रोतहरू जुटाउने कदमहरूलाई प्रभावकारी बनाउने बताएको त्यहाँका अधिकारीले बताएका छन्। 

उक्त देशले शनिबार आपतकालिन अवस्था घोषणा गर्ने अपेक्षा गरिएको भएपनि समाचार तयार पार्दासम्म स्वास्थ्य आपत्काल घोषणा भने गरिएको छैन।

salt training

कमेन्ट गर्नुहोस्