
बलिउड नायिका दीपिका पादुकोणले आफ्नो दुखद विगत र प्रेममा मिलेको धोकाबारे खुलेर कुरा गरेकी छन्।
दीपिकाले हालै भारतीय सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै आफ्नो भूतपूर्व प्रेमिले दिएको धोकाबारेमा खुलेर कुरा गरेकी हुन्।
उनले भनेकी छन्, ‘मैले कहिल्यै कसैलाई मायामा धोका दिइन्। धोका दियो भने किन सम्बन्धमा बन्धक बन्नु?’
सायद आफूले पहिलो सम्बन्धमै धोका खाएकाले प्रेमलाई फराकिलो रुपमा हेर्ने गरेको उनले बताएकी छन्। दीपिकाले भनेकी छन्, ‘शायद यही कारण हो, मलाई पहिलो सम्बन्धमे हर्ट हुनु प-यो। उ मसँग चीट गर्दै गयो। तर म यति बेवकूफ थिएँ कि धोका बावजूद पनि दोस्रो मौका पनि दिएँ। किनकी उसले मसँग मायाको भिख मागेको थियो।’
दीपिकाले आफ्नो भूपू प्रेमिको नाम त लिइनन् तर चर्चा गरिन्।