बलिउड गायक मीका सिंहले सोनू निगमले सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । उनले सोनू निगमले त्यस्ता अभिव्यक्ति दिएर गलत गरेको जनाए ।

ट्वीटमा पोस्ट गरिएको एक भिडियोको माध्यमबाट उनले सोनू निमगलाई आफूले इज्जत गर्ने बताउदै यस विषयमा आफ्नो फरक बिचार भएको बताएका हुन् ।
उनले भनेका छन्,‘मलाई थाहा छैन उनले यस्तो किन लेखे र के सोचेर लेखे । उनले फरक तरिकाबाट सन्देश दिन खोजेका हुन् र हामीले गलत तरिकाबाट बुझेका छौं ।’
‘मन्दिर या मस्जिदमा ठूलो पारेर स्पिकर बजाउनु कुनै विषय हो जस्तो मलाई लाग्दैन । जव विहान लाउडस्पिकर बज्छ् तब मानिसहरुलाई थाहा हुन्छ की अव त्यहा जाने बेला भएको छ । यो आवाजसँगै मस्जिदमा आजान तथा मन्दिरमा आरती हुने बेला भएको पत्ता लाग्छ र मानिसहरु त्यसका लागि तयार हुन्छन् । यो त अब मन्दिर र मस्जिद खुलेको सन्देश हो ।’ उनले भनेका छन् ।
सोनूको भनाइमा उनी अघि भन्दछन्,‘यदी यी सवै विषयमा सोनूलाई आपत्ति थियो भने उनले यो विषयलाई फरक रुपमा भन्न सक्थे, सिधा होइन ।’
मीकाले आफू सोनूको भनाइबाट रिसाएको नभइ उनीसँग सहमत नभएको जनाएका छन् ।
उनले वर्षै देखि चल्दै आएका धार्मिक विषय अचानक रोकिन नसक्ने बताउँदै कसैले तपाईंलाई रक्सी पिउन वा पार्टी गर्नका लागिठूलो स्वरमा नबोलाएको बताउँछन् ।
मीका भन्छन्,‘हामी दुवईमा शो गर्न जान्छौं भने हामीलाई आपत्ति हुन्न भने भारतमा हुँदा किन आपत्ति’
सोनू निगमले सोमबार एक ट्वीट गर्दै मुसलमानको धार्मिक प्रार्थना पूर्व बजाइने स्पिकरका कारण विहान चाढै उठ्नु परेको बताएका थिए । यससँगै उनी सामाजिक सञ्जालमा चर्चामा रहेका छन् । मुसस्लिमहरुले उनको चर्को विरोध गरेका छन् ।

यस विषयमा रिसाएका एक मौलवीले उनको कपाल खौरनेलाई र जुत्ताको माला लगाएर सहर घुमाउनेलाई १० लाख दिने घोषणा गरेका थिए । यससँगै निगमले १० लाख तयार राख्न मौलानालाई चुनौती दिदै कपाल खौराएका थिए । तर मौलानाले १० लाख दिनका लागि आफ्नो शर्त पूरा नभएको प्रतिक्रिया दिएका छन् ।