
प्रधानमन्त्री केपी शर्मा ओली नियमित चेकजाँचका लागि आइतवार दिउँसो त्रिवि शिक्षण अस्पताल जाने भएका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केही बेरपछि अस्पताल जान लागेको लोकान्तरलाई बताए ।
पेटमा राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि प्रधानमन्त्री ओली अस्पताल जान लागेको थापाले बताए ।
उनका अनुसार, प्रधानमन्त्री ओली नियमित चेकजाँचपछि आजै अस्पताल फर्किनेछन् ।
कोरोना भाइरसबारे सतर्कता अपनाउने विषयमा छलफल गर्न आइतवार साँझ सार्क राष्ट्रका प्रमुखहरूबीच भिडियो कन्फ्रेन्स हुने कार्यक्रम रहेको छ ।
साँझ ५ः १५ बजे हुने सो कार्यक्रममा ओलीले प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट सहभागीता जनाउनेछन् ।