३१ जेठ २०८३, आइतबार

संसारभर अभाव भएको ट्वाइलेट पेपर कंगारुले खाइदिएपछि ...[भिडियो]

संसारभर अभाव भएको ट्वाइलेट पेपर कंगारुले खाइदिएपछि ...[भिडियो]

दक्षिणी अस्ट्रेलियाको क्याम्पग्राउण्डमा रहेको शौचालयमा कंगारूले ट्वाइलेट पेपर खाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कोरोना त्रासका कारण विश्वभरि ट्वाइलेट पेपर सर्टेज भइरहेका बेला कंगारुले ट्वाइलेट भित्रै छिरेर ट्वाइलेट पेपर खाइरहेको देखिएको हो ।

भिडियोमा एउटा कंगारु क्याम्पग्राउण्डस्थित शौचालयभित्र पसेर ट्वाइलेट पेपर खाइरहेको देखिएको छ ।

भिडियो खिच्नेले भनेका छन्, 'हुनसक्छ दक्षिणी अस्ट्रेलियाको तटबाट ६ घण्टा भित्र पट्टी रहेको क्याम्पग्राउण्डमा कंगारुहरू तिर्खाएका छन् । उनीहरू वाथरुम पसेर पानी र खाना खोजिरहेका होलान् ।'

उनले सेयर गरेको भिडियोमा धेरैले कंगारुले खाइदिएपछि संसारभर ट्वाइलेटपेपर अभाव भएको हुनसक्ने भन्दै प्रतिक्रिया दिइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्