
करीब सय वर्षअघि संसारकै सबैभन्दा ठूलो पानीजहाज टाइटानिक डुबेर सयौं व्यक्तिको मृत्यु भएको थियो ।
जब सो घटनामा आधारित टाइटानिक नामको फिल्म बन्यो, त्यसपछि मानिसहरूले उक्त घटनाका बारेमा बढी भन्दा बढी जान्ने अवसर पाएका थिए ।
टाइटानिक निकै सुन्दर पानीजहाज थियो । त्यही भएर यसको दोस्रोपटक निर्माण गरिएको छ । जुन बिल्कुलै पुरानो टाइटानिक जस्तो छ ।
ब्लू स्टार लाइन नामको कम्पनीले यसलाई दोस्रोपटक बनाएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले निर्माण कार्य सक्न सन् २०२२ सम्म लाग्ने बताएका छन् ।
नयाँ बनाइएको टाइटानिकले २४ सय यात्रु र ९ सय चालक दलका सदस्य बोक्न सक्छ । यसलाई बनाउन ५० करोड अमेरिकी डलर लाग्ने बताइएको छ ।