३२ असार २०८३, बिहीबार

सार्क राष्ट्रबीच हुन लागेको भिडियो कन्फरेन्सको प्रचार गर्दै भारतीय दूतावास

सार्क राष्ट्रबीच हुन लागेको भिडियो कन्फरेन्सको प्रचार गर्दै भारतीय दूतावास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना संक्रमणसँग जुध्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा आबद्ध राष्ट्रका कार्यकारी प्रमुखबीच भिडियो कन्फरेन्स गर्ने आह्वान गरेपछि भारत त्यसको तयारीमा लागेको छ ।

आइतवार साँझ नेपाली समयअनुसार ५ बजेर १५ मिनेट जाँदा गर्ने भनिएको भिडियो कन्फरेन्सको प्रचार गर्दै नेपालस्थित भारतीय दूतावासले आधिकारिक ट्वीटर ह्याण्डलमा त्यसबारे जानकारी दिन तस्वीर पोस्ट गरेको छ ।

विगतमा सार्कको विकल्पमा बिमस्टेकलाई अघि बढाउन खोजेको मोदी सरकारले सार्क राष्ट्रहरूबीच भिडियो कन्फरेन्स गर्ने प्रस्ताव गरेको हो । मोदीको उक्त प्रस्ताव आएपछि सार्कका सबै राष्ट्रहरूले त्यसमा आफू सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

२०१६ को नोभेम्बरमा हुनुपर्ने सार्कको १९ औं शिखर सम्मेलन भारत-पाकिस्तानबीच देखिएको सैन्य तनावका कारण रोकिएको थियो । त्यतिबेला पाकिस्तानमा हुने तय गरिएको सम्मेलनमा भारतले आफू सहभागी हुन नसक्ने बताएपछि रोकिएको थियो ।

त्यतिबेला रोकिएको शिखर सम्मेलन अहिलेसम्म हुन सकेको छैन । पछिल्लो समयमा भारतले सार्कका बारेमा चासो देखाउनुलाई अर्थपूर्ण मानिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्