
स्पेनमा ६ वर्षसम्म कार्यालयमा अनुपस्थित रहेका एक सरकारी कर्मचारीले लामो समयसम्म काम गरेको भन्दै अवार्ड पाएपछि हङ्गामा भएको छ ।
स्पेनको जेकिन गार्सिया नामको एक सरकारी कर्मचारी जो पछिल्लो ६ वर्षसम्म छुट्टीमा बसेका थिए, उनैलाई लामो सेवाअवधिका लागि सम्मानित गरिएको थियो ।
६९ वर्षीय जेकिन पछिल्लो ६ वर्षदेखि छुट्टीमा थिए । उनी ६ वर्षमा केही दिन मात्र कार्यालय आएका थिए । तर उनको हाकिमलाई त्यो थाहा भएन । उनी पहिला इमान्दारसमेत भएकाले उनको हाकिमले जेकिनलाई नै अवार्ड दिन सिफारिस गरे ।
उनलाई अवार्डका लागि सिफारिस गरिएपछि सबैले मुखामुख गरे । धेरैले असहमति जनाएपछि उनको बारेमा अनुसन्धान भयो ।
गलत व्यक्तिलाई सम्मानित गर्न खोजेको भन्दै उनका हाकिम र उनलाई २७ हजार युरो जरिवाना गरिएको थियो ।