२२ जेठ २०८३, शुक्रबार

उपत्यकामा ट्राफिक जाम हटाउने प्रयासः निजी स्कूल सञ्चालनको समय सार्न प्रस्ताव

चैत २, २०७६
उपत्यकामा ट्राफिक जाम हटाउने प्रयासः निजी स्कूल सञ्चालनको समय सार्न प्रस्ताव
प्रतिकार्यात्मक तस्वीर।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकाको ट्राफिक जाम व्यवस्थापनका लागि निजी विद्यालय सञ्चालनको समय बिहान ९ः०० देखि दिउँसो ३ः०० बजेसम्म गर्न प्रस्ताव गरेको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले निजी विद्यालय सञ्चालकका प्रतिनिधिलाई छलफलमा बोलाई विद्यालय सञ्चालनको समय परिवर्तन गर्न प्रस्ताव गरेका हुन्। हाल सामान्यत  बिहान १०ः०० बजेदेखि ५ः०० बजेसम्म निजी विद्यालय सञ्चालन हुँदै आएको छ।

छलफलमा सहभागी निजी तथा आवासीय विद्यालय एसोसिएशन (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले सरकारको प्रस्तावमा बारेमा थप छलफल गरिने उल्लेख गर्दै सामुदायिक विद्यालयसहित सबै विद्यालयलाई एकै तालिकामा सञ्चालनको नीति ल्याइए उचित हुने बताए्। 

काठमाडौँ उपत्यकाका कतिपय ठूला मानिएका निजी विद्यालयले टाढाटाढा विद्यार्थीलाई पनि आकर्षित गरी बसबाट ल्याउने लाने गर्न थालेपछि कार्यालय जाने र फर्कने समयमा यहाँको ट्राफिक व्यवस्थापनमा कठिनाइ हुँदै आएको छ।

सरकारको नयाँ प्रस्तावले विद्यालयहरुले आफ्नो नजीकको क्षेत्रका विद्यार्थीलाई मात्र पढाउन बाध्य हुन सक्ने ठानिएको छ। राष्ट्रिय शिक्षा नीति, २०७६ मा विद्यालय जोनिङ (क्षेत्र) को प्रबन्ध पनि गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्