११ असार २०८३, बिहीबार

४ सय ६४ जनामा कोरोना परीक्षण गरियो, नेपालमा संक्रमित फेला परेनन् : मन्त्री ढकाल

चैत ३, २०७६
४ सय ६४ जनामा कोरोना परीक्षण गरियो, नेपालमा संक्रमित फेला परेनन् : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) बाट कोही पनि संक्रमित नरहेको जानकारी दिएका छन् । 

कोरोना भाइरस भित्रिन नदिन सरकारको आन्तरिक तयारी रहेको बताउँदै उनले संक्रमण फैलिन नदिन विशेष सतर्कता अपनाइने जानकारी दिए । 

राष्ट्रिय सभा बैठकमा आइतवार कोरेना भाइरसबारे जानकारी गराउँदै मन्त्री ढकालले नेपालमा ४ सय ६४ जनामा कोरोना परीक्षण गरिए पनि हालसम्म संक्रमित फेला नपरेको बताए ।

उनले भने,‘त्यसका लागि हामी आवश्यक तयारीमा लागेका छौं ।’ गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्