०८ असार २०८३, सोमबार

पनौतीबजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

चैत ४, २०७६
पनौतीबजार क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु

काभ्रे जिल्ला प्रशासन कार्यालयले पनौती बजारका केही क्षेत्रमा आज विहान ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा( कफ्र्यु )आदेश जारी गरेको छ ।     

पनौती बजारको पूर्व शङ्खु जाने बाटोको चौकीसम्म ८०० मिटर, पश्चिम कुशादेवी जानेबाटोको एक किलोमिटर, उत्तर बनेपा जानेबाटोको ठाडोबाटोसम्म एक किलोमिटर र दक्षिण बेथानचोक जाने बाटोको एक किलोमिटरसम्म कफ्र्यु आदेश जारी भएको कार्यालयले जनाएको छ  । 

सोमबारको घटनालाई लिएर मंगलवार पनि परिस्थिति असहज बन्दै गएपछि कफ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । 'परिस्थिति हिजोका घटनाले आज पनि भड्किन सक्ने अवस्था देखेपछि बिहान ९ बजेदेखि अनिश्चितकालसम्मका लागि कफ्र्यू आदेश जारी गरेका छौँ', उनले भने।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिपरले ठक्कर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको  थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्