१५ असार २०८३, सोमबार

यस्ता व्यक्तिलाई हुन्छ कोरोना संक्रमणको बढी जोखिम

चैत ४, २०७६
यस्ता व्यक्तिलाई हुन्छ कोरोना संक्रमणको बढी जोखिम

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण जुनसुकै समयमा जुनसुकै उमेरसमूहका मानिसमा देखिन सक्छ । सामान्यतया विभिन्न उमेरसमूहका प्रतिरोधी क्षमता कम भएका व्यक्तिमा संक्रमणको असर बढी हुन्छ । अब जानौँ, कसलाई कति जोखिम ? 

 वृद्धवृद्धा
सामान्यतया अन्य उमेरसमूहको तुलनामा वृद्धवृद्धा कोभिड–१९ को संक्रमणबाट छिटो प्रभावित हुन्छन् । उमेर ढल्किँदै जाँदा शारीरिक कमजोरी देखा पर्छ । साथै, प्रतिरोधी क्षमतामा पनि बिस्तारै कमी आउने भएकाले भाइरसको संक्रमण छिटो हुन्छ । शरीरको प्रतिरोधी क्षमताले भाइरससँग लड्न नसक्ने भएकाले सामान्य भाइरसले पनि स्वास्थ्यलाई प्रभावित गर्छ । 

६० वर्षभन्दा माथिका बुढाबुढीलाई कोरोना भाइरससँगै मौसमी रुघाखोकी, ज्वरो, कडा निमोनियाको जटिलता देखिएको पाइन्छ । तसर्थ, वृद्धवृृद्धाको सरसफाइमा विशेष ध्यान दिन आवश्यक छ । त्यस्तै, उनीहरूको अगाडि खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्ने, बिरामीले सकेसम्म टाढा बस्ने, खानेकुरा वा अन्य वस्तु छोएपछि साबुनपानीले राम्रोसँग हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।  

दीर्घरोगी

मुटु, फोक्सोसम्बन्धी रोग, मधुमेह, क्यान्सर र उच्च रक्तचापजस्ता समस्या भएका व्यक्तिमा अन्यको तुलनामा फ्लुको संक्रमण छिटो हुन्छ । यस्ता व्यक्तिमा कडा खालको निमोनिया हुने, रुघाखोकी र ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिनेजस्ता जटिलता देखा पर्छन् । दीर्घरोग भएका व्यक्तिमध्ये कतिपयलाई फ्लुजस्ता समस्या आएका भेन्टिलेटरमा राख्नुपर्ने पनि हुन्छ । 

विभिन्न देशमा कोभिड–१९ को संक्रमण र यसबाट मृत्यु हुने अहिलेसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै दीर्घरोगी छन् । त्यसैले दीर्घरोगको उपचार गराइरहेका व्यक्तिले स्वास्थ्यको ख्याल गर्नुपर्छ । 

कोभिड–१९ को संक्रमणबाट अन्य उमेरसमूहको तुलनामा वृद्धवृद्धा छिटो प्रभावित हुन्छन् । उमेर ढल्किँदै जाँदा शारीरिक कमजोरी देखा पर्छ । साथै, प्रतिरोधी क्षमतामा पनि बिस्तारै कमी आउने भएकाले भाइरसको संक्रमण छिटो हुन्छ ।

 बालबालिका र गर्भवती

जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनीहरू भाइरस र ब्याक्टेरियाबाट छिटो प्रभावित हुन्छन् । त्यस्तै, गर्भवती महिला पनि संक्रमणको जोखिममा छन् । कोरोनाको संक्रमण बालबालिकामा धेरै नदेखिए पनि उनीहरूमा अन्य फ्लुको संक्रमण र निमोनिया हुने हुँदा अभिभावकले बच्चाको स्याहार गर्दा सजगता अपनाउन जरुरी छ । 
बालबालिकालाई घरबाहिर समूहमा खेल्न नदिने, फोहोर वस्तुको सम्पर्कबाट टाढा राख्ने, सरसफाइमा ध्यान दिने, हातलाई अनावश्यक मुखको सम्पर्कमा लानबाट जोगाउने र खानपानमा ध्यान दिन आवश्यक छ ।
अपनाऔँ यस्तो सजगता

नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेकाले यसको संक्रमणबाट बच्न सतर्कता अपनाउन जरुरी छ । विश्वभर कोरोनाको संक्रमण फैलिएसँगै नेपाली समाजमा यसबारे भ्रम र त्रास फैलिएको छ । सम्भावित संक्रमणको डरले आत्तिनुभन्दा सजगता अपनाउनु बुद्धिमानी हुन्छ । 
हाल मौसम परिवर्तनको समय भएकाले अन्य फ्लुको संक्रमण पनि छिटो फैलने सम्भावना रहन्छ । रुघाखोकी, ज्वरोजस्ता स्वास्थ्य समस्या देखिएमा चिकित्सकको सल्लाह लिन आवश्यक हुन्छ । त्यसैगरी, व्यक्तिगत सरसफाइ, आफूसँग रहेका चिजवस्तु जस्तै– भाइरस जीवित रहने सामान आदिको सफाइमा समेत ध्यान दिनुपर्छ । नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्