१२ साउन २०८३, मंगलबार

ट्रम्पले ट्वीटमार्फत जिस्क्याएपछि आक्रोशित बन्यो चीन !

ट्रम्पले ट्वीटमार्फत जिस्क्याएपछि आक्रोशित बन्यो चीन !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भनिने कोभिड १९ भाइरसलाई 'चिनियाँ भाइरस' भन्दै टिप्पणी गरेपछि चीनले त्यसको कडा भर्त्सना गरेको छ ।

सोमवार राष्ट्रपति ट्रम्पले चिनियाँ भाइरसबाट प्रभावित उद्योगहरूलाई अमेरिकाले सहयोग गरिरहेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका थिए ।

ट्रम्पको टिप्पणी आपत्तिजनक भएको भन्दै चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले यसलाई शीतयुद्धकालीन मानसिकता भएको आरोप लगाएका छन् ।

प्रवक्ता गेङ सुआङले भनेका छन्, 'शीतयुद्धकालीन मानसिकताका कारण अमेरिकाले यथार्थ तथ्यलाई विकृत बनाएको छ । ट्रम्पको भनाइले चीनको प्रविधि र उद्योगको वृद्धि र व्यापार सहयोगलाई अमेरिकाले कमजोर बनाउन खोजेको छ ।'

यसअघि अमेरिकी सहायक विदेश सचिव क्रिस्टोफर फोर्डले पनि चीनविरुद्ध यस्तै टिप्पणी गरेका थिए । प्रवक्ता गेङले उनको अभिव्यक्तिको पनि कडा शब्दमा निन्दा गरेको चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टाइम न्यूजले जनाएको छ ।

चीनको वुहानबाट शुरू भएको मानिएको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रूपमा फैलिरहेका बेला अमेरिकी अधिकारीहरूले यही विषयलाई लिएर चीनको प्रतिष्ठामाथि आक्रमण गर्दै आइरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्