१० असार २०८३, बुधबार

घरेलु मदिरा बनाएर बेच्ने १४ जना पक्राउ

चैत ४, २०७६
घरेलु मदिरा बनाएर बेच्ने १४ जना पक्राउ
प्रतिकात्मक तस्वीर

सिरहा प्रहरीले अवैध घरेलु मदिरा उत्पादनमा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ ।

धनुषामा घरेलु मदिराको सेवनबाट २० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सिरहा प्रहरीले घरेलु मदिरा नियन्त्रण अभियान शुरू गरेको हो । 

अभियानमा घरेलु मदिरा उत्पादन गर्ने कार्यमा संलग्न रहेको आरोपमा जिल्लाको विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय लहान सिरहामा बुझाइएको छ । घरेलु मदिरा बनाउने भट्टी भत्काउने, तयारी मदिरा नष्ट गर्ने र मदिरा उत्पादन कार्यमा संलग्नलाई पक्राउ गर्ने कार्य भइरहेको उनले बताए ।

अभियान शुरू गरेपछि २ दिनको अवधिमा प्रहरीले ३ हजार ४०० लिटर तयारी अवैध घरेलु मदिरा, ३२ हजार ७८० लिटर कच्चा पदार्थ नष्ट गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्