११ असार २०८३, बिहीबार

श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ

श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ

मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

सूर्यविनायक नगरपालिका–९ नंखेलका ३३ वर्षका राजन व्याञ्जुले रक्सी खाएर कुटपिट गरी ३२ वर्षीया आफ्नै श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।

फागुन ३० गते शुक्रबार दिउँसो आफ्नै घरको माथिल्लो तलामा बसेर दुई जनाले सँगै रक्सी खाएको र रक्सी खादा खाना पकाउने विषयमा झगडा भएपछि राजनले पवित्रालाई लात्ती, मुक्का र दाउराले कुटपिट गरी हत्या गरेको खुल्न आएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्