
काठमाडौं ७ वैशाख–स्थानीय निर्वाचन प्रक्रिया रोक्न तथा प्रदेशको सीमाङ्कन हेरफेरको मागगर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिहीवारको संसद बहिस्कार गरेको छ ।
व्यबस्थापिका संसदको बिहीवार बसेको बैठकको सुरुमै तमलोपाका सांसद अकबाल अहमद शाहले सभामुखसंग समय लिएर स्थानीय तहको सरकार प्रदेश सरकारले मात्र गर्न सक्ने भन्दै निर्वाचन स्थगन गर्न माग गरे ।
शाह बोलेपछि मधेशी मोर्चाका सांसदले नारावाजी गर्दै संसदको बैठक बहिस्कार गरेका हुन् । मोर्चाले केही दिन यता लगातार संसद बहिस्कार गर्दै आएको छ ।