२७ असार २०८३, शनिबार

ज्ञानेन्द्रलाई बाबुरामको जवाफः बाह्य शक्तिकेन्द्र धाउँदै हिँड्नेले राष्ट्रियताको दुहार्इ दिनु पाखण्ड

कात्तिक २०, २०७४
ज्ञानेन्द्रलाई बाबुरामको जवाफः बाह्य शक्तिकेन्द्र धाउँदै हिँड्नेले राष्ट्रियताको दुहार्इ दिनु पाखण्ड
काठमाडौं, ६ पुस – नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले बाह्य शक्तिकेन्द्र धाउँदै हिँड्ने पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियताको दुहार्इ दिनु पाखण्डपूर्ण भएको टिप्पणी गरेका छन् ।baburam
दलहरुको आलोचना गर्दै शाहले आज एक विज्ञप्ति जारी गरेपछि त्यसको जवाफमा भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘शाहवंशले मात्र नेपाल आर्जेको,अरू गोरखाली सुतेको हो त ?
उनले पश्चगामी ध्येयकासाथ पूर्वराजाले विज्ञप्ति जारी गरेको भन्दै सो विज्ञप्ति पहिलेभन्दा गम्भीर रहेकाले अग्रगामी शक्तिहरूले प्रतिवाद गर्नैपर्नेमा जोड दिएका छन् ।
भट्टराईले ‘इतिहासमा क्रान्तिपछि राजालाई चैनसाथ बस्ने र हाकाहाकी प्रतिक्रान्तिको धम्की दिने छुट कतै दिएको नदेखिएको भन्दै ज्ञानेन्द्रलाई भने त्यो छुट कहिलेसम्म दिने भन्दै प्रश्न समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्