२९ असार २०८३, सोमबार

काठमाडौंको धुलो नियन्त्रणका लागि ‘भगवान इन्द्र’लाई रुलिङ !

कात्तिक २०, २०७४
काठमाडौंको धुलो नियन्त्रणका लागि ‘भगवान इन्द्र’लाई रुलिङ !
काठमाडौं ७ वैशाख–काठमाडौंको धुलो नियन्त्रणका लागि भगवान इन्द्रलाई रुलिङ गर्नुपर्ने आवाज उठेको छ ।

बिहीवार बसेको संसद बैठकको विशेष समयमा नेकपा एमालेका सांसद राजन भट्टरार्इले काठमाडौंको धुलो नियन्त्रणका लागि सरकारलाई गुहारेर समस्या समाधन नहुने अबस्थामा पुगेको बताएका हुन् ।

‘काठमाडौंमा आजकाल चर्चा हुन थालेको छ, भगवान इन्द्रको कतै हुनुहुन्छ भने हरेक दिन पानी पारेर श्वास फेर्ने अबस्था सृजना गर्नुपर्यो । संसदले पनि रुलिङ गर्ने कि !’ उनले भने । सांसद भट्टराइले काठमाडौंमा पानी परेको अबस्थामा हिलो र घाम लागेको समयमा धुलो पहिचान बनेको बताए ।

‘काठमाडौंको नाम धुलोमाण्डु बनेको छ, काठमाडौं बस्न लायक छैन । नेपाल भ्रमण्मा आउने पर्यटक एयरपोर्टबाट काठमाडौं बाहिर जान लागेका छन्’ भट्टराईले भने, ‘काठमाडौंको यो दुर्गतीले स्वाथ्यमा असर गरिरहेको छ । बालबच्चामा क्रोनिक डिजिज बढीरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्