०१ साउन २०८३, शुक्रबार

कोरोनाको डरले वासिङ मेसिनभित्रै बास बसिन् यी गायिका

चैत ५, २०७६
कोरोनाको डरले वासिङ मेसिनभित्रै बास बसिन् यी गायिका

कोरोना भाइरस संक्रमणको डर विश्व चर्चित एक गायिका वासिङ मेसिनमा लुक्न पुगेकी छन् । हलिउड गायिका माइली साइरसले आफूलाई वासिङ मेसिनभित्र बन्द गराएकी हुन् ।

माइलीको यो भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ । भिडियोको सुरुमा उनलाई खोज्दै आएका कोही ‘तपाई कहाँ हुनुहुन्छ ?’ भनिरहेको देखिन्छ । भिडियोमा वासिङ मेसिन देखिन्छ । त्यसभित्र माइली सेतो ब्ल्याङकेटमा बसिरहेकी हुन्छिन् । माइलीको यो भिडियो हेरेर सहजै अनुमान लगाउन सकिन्छ कि ‘कोरोना भाइरस’कै त्रास छ ।

यसअघि, माइली सम्बन्धविच्छेदका कारण चर्चा थिइन् । विवाहको आठ महिनापछि उनी र अभिनेता लियाम हेम्सवर्थबीच सम्बन्धविच्छेद भएको थियो । माइलीका प्रवक्ताले ‘दुवै आफ्नो करिअरमा बढी फोकस भएकै’ कारण सम्बन्धविच्छेद हुन पुगेको बताएका छन् । त्यसो त, माइली साइरस विश्व चर्चित गायिका हुन् । उनको स्टाइल र गायन औधी मन पराउने गरिएको छ । यसअतिरिक्त माइली अभिनयमा रामै्र दख्खल राख्ने कलाकार मानिन्छिन् ।

यसैबीच, पछिल्लो खबरअनुसार ‘एभेन्जर्स’ र ‘गेम अफ थ्रोन्स’का कलाकार कोरोना भाइरसका त्रासमा परेका छन् । तर, अभिनेता इदरीस एल्बा आफूमा ‘पोजिटिभ’ देखिएपछि ढुक्क देखिएका छन् । उनले ट्विटरमार्फत भनेका छन्, ‘आजै बिहान कोविड–१९को पोजिटिभ पाएको छु । अहिले म ठीक महसूस गरिरहेको छु ।’  राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्