३१ जेठ २०८३, आइतबार

विश्वविद्यालयको पठनपाठन चैत महिनाभर बन्द गर्ने सरकारको निर्णय

विश्वविद्यालयको पठनपाठन चैत महिनाभर बन्द गर्ने सरकारको निर्णय

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाउँदै सरकारले चैत महिनाभर विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवारको बैठकले पठनपाठन रोक्ने निर्णय गरेको हो ।

समितिको आठौं बैठकको निर्णय नम्बर १२ मा लेखिएको छ, ‘२०७६ चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयहरूका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने ।’

salt training

कमेन्ट गर्नुहोस्