
सरकारले युरोप, पश्चिम एसिया तथा अन्य कोरोना प्रभावित देशबाट आउने नागरिकहरूलाई झण्डै १ महिनाका लागि प्रतिबन्ध लगाएको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
समितिले गरेको १५ बुँदे निर्णयको १०औं बुँदामा भनिएको छ–
युरोपका सबै मुलुकहरू, एसिया लगायत खाडी क्षेत्रका मुलुकहरू, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने र यससम्बन्धी सूचना विदेशस्थित कूटनीतिक नियोगहरूमा र आवश्यक अन्य निकायहरूमा सम्प्रेषण गर्ने ।
आगमनमा लगाएको प्रतिबन्धका कारण आफ्नो मुलुक फिर्ता हुन नपाएका विदेशी नागरिकहरूको भिसा निर्धारित अवधिभित्र आवेदन गरेमा नियमित गरिदिने निर्णय पनि समितिले गरेको छ ।
कोरोनाले विश्वव्यापीरूपमा महामारी सिर्जना गरिरहेको छ । यसबाट झण्डै २ लाख संक्रमित भएका छन् भने ८ हजारको मृत्यु भइसकेको छ ।
हेर्नुहोस्, निर्णयहरू :

