०४ असार २०८३, बिहीबार

एसईई परीक्षा रोक्ने निर्णय !

एसईई परीक्षा रोक्ने निर्णय !
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) रोक्ने निर्णय गरेको जानकारी गराएका छन् ।

सरकारको तर्फबाट नेकपा सचिवालय बैठकमा एसईई रोक्ने निर्णय भएको जानकारी गराइएको प्रवक्ता श्रेष्ठले पत्रकारलाई जानकारी गराए । 

यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसईई परीक्षा सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको थियो । 

तर नेकपा प्रवक्ता श्रेष्ठले सरकारले पूरक निर्णय गर्दै एसईई रोक्ने निर्णय भएको जानकारी दिएका छन् । सरकारका तर्फबाट भने यसबारे आधिकारिक निर्णय सार्वजनिक भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्