
त्रिभुवन विश्वविद्यालयले भोलि बिहीवारका लागि तोकिएका परीक्षा यथावत रुपमा सञ्चालन गर्ने भएको छ ।
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई), विश्वविद्यालय र सीटीईभीटीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेपनि टीयूले अत्यन्त जरुरी सूचना निकाल्दै बिहीवारको परीक्षा सञ्चालन हुने जनाएको छ ।
विश्वविद्यालयले बिहीवारको परीक्षा सञ्चालन गर्ने र त्यसपछिका परीक्षाका लागि बिहीवार सूचना प्रकाशन गरिने जनाएको छ ।
विश्वविद्यालयको वेबसाइटमा राखिएको सूचना यस्तो छ –
अत्यन्त जरुरी सूचना
त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन भइरहेका परीक्षाहरु २०७६ चैत्र ६ गतेका दिन यथावत सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
कोभिड १९ को संक्रमणलाई मध्यनजर गरी क्याम्पस/कलेजका कक्षा सञ्चालन एवं २०७६ चैत्र ७ गते पछिका परीक्षाहरु सञ्चालन सम्बन्धमा त्रिभुवन विश्वविद्यालयबाट २०७६ चैत्र ६ गते सूचना प्रकाशन गरिनेछ ।
त्रिभुवन विश्वविद्यालय