
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्नुपरेपछि विद्यार्थी र अभिभावकसँग क्षमा मागेको छ ।
चैत ६ गते बिहीवारदेखि सञ्चालन हुने गरी तोकिएको परीक्षा अन्तिम समयमा आएर स्थगित भएपछि बोर्डले क्षमा मागेको हो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस फैलिन नदिन सरकारको उच्चस्तरीय समन्वय समितिले निर्णय गरेबमोजिम बोर्डको बैठकले समेत एसईईलाई अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
बोर्डले बुधवार राति सूचना प्रकाशित गर्दै भनेको छ, ‘यसबाट विद्यार्थी तथा अभिभावक लगायत सम्वद्ध सबैमा पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ ।’
बोर्डले सूचनामा केन्द्राध्यक्षहरूलाई निर्देशन दिँदै लेखेको छ, ‘एसईई परीक्षाका प्रश्नपत्रहरू लगायतका गोप्य सामग्रीहरू र उत्तरपुस्तिकाहरूको सुरक्षा गर्न सम्बन्धित सबै सुरक्षा निकाय र केन्द्राध्यक्षलाई यसै सूचनाद्वारा अनुरोध गरिएको छ ।’
यस्तो छ परीक्षा बोर्डको सूचना –
