.jpg?1492681715277)
काठमाडौं, ७ वैशाख– स्थानीय तहको निर्वाचनमा खटिने म्यादी प्रहरीको तलव भत्ता सरकारले तोकेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले म्यादी प्रहरीले ५५ दिनको तलव वापत ५१ हजार रुपैयाँ पाउने भएका छन् भने पोशाक भत्ताको लागि छुट्टै ७ हजार पाउने छन् ।
त्यस्तै चुनावमा खटिदा सात दिन उनीहरुलाई एक दिनको २ सय ५० रुपैयाँको दरले भत्ता दिने सरकारले निर्णय गरेको छ ।
चुनावभरीका लागि एक दिनको लागि २ सय ५० रुपैयाँको खाज खर्च पनि उपलव्ध गराइने छ । म्यादी चुनावका क्रममा म्यादी प्रहरीको मृत्यु भएमा २ लाख रुपैयाँ बराबरको बिमाको व्यस्था गरिएको छ ।
विमा बाहेक म्यादी प्रहरीले उक्त अवधिमा करिब ६२ हजार रुपैयाँ पाउने छन् ।