१० असार २०८३, बुधबार

प्रधानमन्त्रीको प्रतिबद्धता, वैशाख ३१ को निर्वाचन कसैले रोकेर रोकिँदैन

कात्तिक २०, २०७४
प्रधानमन्त्रीको प्रतिबद्धता, वैशाख ३१ को निर्वाचन कसैले रोकेर रोकिँदैन
झापा, ७ वैशाख – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ३१ गतेका लागि निर्धारित चुनाव कसैले रोकेर नरोकिने बताएका छन् । संविधान बन्न रोक्न जस्तै चुनाव रोक्न षडयन्त्र भइरहेपनि त्यसको सामना गरिने उनले बताए ।
माओवादी केन्द्रले बिहीवार झापामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले तोकिएको मितिमै चुनाव हुने भन्दै तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘मेरो दिमागमा धेरै कुरा छन्, सोच्नै नसकेका ठाउँवाट विचित्रका घटना हुन पनि सक्छन्, तर पनि वैशाख ३१ गतेको चुनाव रोकिन्न’ प्रचण्डले भने । ‘सबै प्रमुख दल निर्वाचनमा सहभागि हुने भनेर लागेका छन्, देशभर चुनावको माहौल बनेको छ, स्थानीय तहको निर्वाचन निर्वाचन कसैले रोकेर रोकिन्न ।’

निर्वाचन तयारीको बिषयमा आफूले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिएको र निर्वाचन आयोगसँग छलफलमा रहेको उल्लेखगर्दै प्रचण्डले दुवै निकाय चुनावका लागि तयार रहेको बताए ।

मोर्चाको आन्दोलन अस्वभाविक

मधेसी मोर्चाका नेताहरुसँग छलफल गरेरै सरकारले दोस्रो संशोधन विधेयक ल्याएको भएपनि सो विधेयक अस्वीकार गरेर मोर्चाले अस्वभाविक ढंगले आन्दोलनका कार्यक्रम घोषणा गरेकोमा आश्चर्य लागेको प्रचण्डले बताए ।

‘मोर्चासँग समझदारी गरेरै दोस्रो संशोधन दर्ता गरिएको हो, तर मोर्चाले अस्वभाविक ढंगले आन्दोलनका कार्यक्रम घोषणा गर्यो’ प्रचण्डले भने, ‘यति लचक सरकार मोर्चाले कहिलै पाउने छैन ।’

प्रचण्डले मधेसी मोर्चाका नेताहरुसँग भोलि बिहान कुरा गर्न लागेको जानकारी गराउदै मोर्चा चुनावमा नआए उनीहरुले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए । ‘चुनावको महत्व आत्मसात गरेर आउनु भएन भने मोर्चाका लागि ऐतिहासिक गल्ती हुनेछ । मोर्चाले मूल्य आफै चुकाउनु पर्छ । उहाँहरु मधेसी जनताजीका लागि होइन अरुका लागि कामगर्दै हुनुहुन्छ भनेर सोच्नु पर्ने हुन्छ र दालमा कुछ काला हे भनेर सोच्नु पर्ने अबस्था आउने छ ।’

वैशाख ३१ मै निर्वाचन हुन्छः उपप्रधानमन्त्री थापा

यता उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गते नै चुनाव हुने भन्दै मोर्चालाई सुझबुझपूर्ण निर्णय लिन आग्रह गरे । गृहजिल्ला मकवानपुरको हेटौडामा राप्रपाले आयोजना गरेको चुनावी सभामा मन्त्री थापाले मधेशी मोर्चा चुनावमा भाग लिएमा तराइका जिल्लामा दोस्रो चरणमा चुनाव गर्न सकिने बताए ।

‘चुनावका भाग लिने हो भने तराइका जिल्लामा दोस्रो चरणमा चुनाव गर्न सरकार र सत्तारुढ दल तयार छन्’ मन्त्री थापाले भने, ‘तर चुनाव रोकिदैन ।’

salt training

कमेन्ट गर्नुहोस्