१३ असार २०८३, शनिबार

कोरोनाविरुद्ध खटिन सेनाका ५ हजार स्वास्थ्यकर्मी ‘हाईअलर्ट’

चैत ८, २०७६
कोरोनाविरुद्ध खटिन सेनाका ५ हजार स्वास्थ्यकर्मी ‘हाईअलर्ट’
प्रतिकात्मक तस्वीर

नेपाली सेनाले कोरोना (कोभिड–१९) को जोखिम नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग समन्वय गरी योजना बनाउने काम अघि बढाएको छ ।

सेनाले जोखिम रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने जनाएको छ ।

यसका लागि सेनाले मातहतका पृतना, बाहिनी र गुणस्तरमा आफ्नो तयारी गरिरहेको छ । सरकारले सेनालाई कोभिड–१९ को जोखिम रोकथाम र उपचारका लागि २० वटा सघन उपचार कक्ष निर्माण गर्न आवश्यक बजेट उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

भाइरसका बिरामी देखिएमा आइसोलेसन र क्वारेन्टाइनमा कसरी राखेर उपचार गर्ने भनी आन्तरिक तयारीस्वरुप सेनाले उपचार विधि, प्रक्रिया र अपनाउनुपर्ने आवश्यक सजगताबारे ५० चिकित्सकसहित १८१ जनालाई प्रशिक्षण दिइसकेको छ । ती जनशक्तिले केन्द्रमा १० सहित मुलुकभर ५२ स्थानमा नमूना क्वारेन्टाइन र अस्पताल तयार गरिसकेका छन् ।

सेनाको पूर्वी पृतना मातहत विभिन्न ३ स्थानमा ४४४ शय्याको क्वारेन्टाइन तयार गरिसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सेनाले कोरोना भइरसबाट सुरक्षित रहन र आवश्यक परेको बखत चुस्त–दुरुस्त रुपले परिचालन हुन सैनिकलाई बिदा बस्न बन्देज लगाइसकेको छ । 

सरकारको निर्णयअनुसार एकै पटक धेरै मानिस एकै स्थानमा जम्मा हुन नदिने हेतुले स–साना समूहमा रहेर बिहान–बेलुका खाना खुवाउने प्रबन्ध मिलाएको सेनाले जानकारी दिएको छ । सेनाले संगठनभित्र स्वास्थ्यसम्बन्धी तालिम लिएका ५ हजार व्यक्तिको रोस्टर तयार गरिसकेको जनाएको छ । 

जनशक्तिलाई आवश्यकताअनुसार परिचालन गर्न तयारी हालतमा राखेको जानकारी दिइएको छ । सेनाले अहिले स्वास्थ्यसम्बन्धी तालिम लिएका भूतपूर्व सैनिकको पनि खोजी गरिरहेको छ ।

सेनाले हेलिकोप्टरबाट औषधि छर्कने बेलामा सर्वसाधारण घरभित्रै बस्नुपर्छ भन्ने ढुंगबाट आएको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्