२५ असार २०८३, बिहीबार

भारतीय प्रधानमन्त्री मोदीद्वारा औषधि उत्पादन बढाउन निर्देशन

भारतीय प्रधानमन्त्री मोदीद्वारा औषधि उत्पादन बढाउन निर्देशन
फाइल तस्वीर

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार औषधि कम्पनीहरूलाई उत्पादन बढाउन निर्देशन दिएका छन् । 

शनिवार भिडियो सम्मेलनमार्फत औषधि उत्पादक कम्पनीहरूका प्रतिनिधिहरूसँग कुराकानी गर्ने क्रममा उनले यो समय उत्पादनलाई बढाउने समय भएकोले सबैले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताएका हुन् । 

प्रतिक्रियामा औषधि कम्पनीका सञ्चालकहरूले प्रधानमन्त्री मोदीलाई औषधिको उत्पादन बढाउने आश्वासन दिएका थिए । उनीहरूले आफूहरूसँग औषधि उत्पादनका लागि प्रशस्त कच्चा पदार्थको भण्डारण रहेको र औषधिको उत्पादनका सम्बन्धमा कुनै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएका थिए । 

औषधि उत्पादनका क्षेत्रमा काम गर्ने रसायनविद् तथा फर्मा कम्पनीले हरेका नागरिकका लागि राष्ट्रको चिन्ता पहिलो हुने भन्दै हप्तामा सातै दिन पूरा २४ घण्टाका दरले औषधिको उत्पादन गर्ने बताएका थिए ।

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २८३ पुगेको र यसका कारण चार व्यक्तिको मृत्यु भइसकेको अवस्थामा प्रधानमन्त्री मोदीले औषधी उत्पादनमा कमी नआओस् भन्ने उद्देश्यले व्यवसायीसँग अन्तक्रिया गरी उनीहरूको तयारीबारे धारणा बुझेका हुन् । भारतमा उत्पादन हुने औषधीको भर खास गरी दक्षिण एशियाली मुलुकहरूमा हुने गर्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्