
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेका बेला भारतमा 'जनता कर्फ्यू' लागू गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज एकदिन घरबाहिर ननिस्किन अपिल गर्दै जनता कर्फ्यू आह्वान गरेका हुन् ।
जनतालाई स्वत:स्फूर्त रूपमा घरबाहिर ननिस्किन आह्वानसहित जनता कर्फ्यू लागू गरिएको हो ।
बिहानैदेखि भारत सुनसान छ । आक्कलझुक्कल बाहिर निस्किएकाहरूलाई पनि प्रहरीले फूल दिएर घर फिर्ता हुन अपिल गरेका तस्वीरहरू सार्वजनिक भएका छन् ।
राज्यले आह्वान मात्र गर्ने र बल प्रयोग नगर्ने गरी जनता कर्फ्यू लगाइएको हो ।
भारतमा कोरोना संक्रमितको संख्या ३ सय ३२ पुगेको छ भने ५ जनाको मृत्यु भइसकेको छ ।
विश्वभरमा संक्रमितको संख्या ३ लाख नाघ्दा मृतकको संख्या १३ लाखभन्दा माथि पुगिसकेको छ ।