१० असार २०८३, बुधबार

कोरोना त्रास : स्पेनबाट आएको विमानलाई इक्वेडरमा अवतरण गर्न दिइएन (भिडियो)

चैत ९, २०७६
कोरोना त्रास : स्पेनबाट आएको विमानलाई इक्वेडरमा अवतरण गर्न दिइएन (भिडियो)

दक्षिण अमेरिकी मुलुक इक्वेडरको विमानस्थलमा स्पेनबाट आएको एक विमानलाई अवतरण गर्न दिइएको छैन । 

बुधवार जोसे योआक्विन दे ओल्मेदो अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा उक्त विमानलाई अवतरण गर्न दिइएको थिएन । उनीहरूले धावनमार्गमा ट्रक तेर्स्याएर अवरोध गरेका हुन् । 

आइबेरिया एयरलाइन्सको उक्त विमानलाई युरोपेली नागरिकलाई लिनका लागि इक्वेडर लगिएको रोयटर्सले लेख्यो । एक हेलिकप्टरबाट लिइएको फूटेजमा एक दर्जन ट्रक धावनमार्गमा तेर्स्याइएको देखिन्छ । 

गुआयाकिल शहरकी मेयर सिन्थिया भितेरीले यसरी विमान अवतरण रोक्ने निर्णयको बचाउ गरिन् । तर इक्वेडरको यातायात तथा सार्वजनिक कार्य मन्त्रालयले एक बयान जारी गरेर मेयरको कामको निन्दा गरेको छ ,। 

उक्त विमानमा कर्मचारीहरू मात्र रहेको र उसले स्पेनी मानिसहरूलाई लिन नपाएको उसले लेख्यो । 

पछि उक्त विमान इक्वेडरको राजधानी क्विटोमा रहेको विमानस्थलमा ओर्लिएर १७० यात्रुलाई लिएर फर्किएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्