
कोरोना भाइरसको संक्रमण भएको आशंकामा सुदूरपश्चिमकी १ महिला सांसदलाई अस्पताल भर्ना गरिएको छ ।
रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि सुदूरपश्चिम प्रदेश सभाकी सदस्यलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदिशप्रसाद जोशीले प्रदेशसभा सदस्यलाई ज्वरोको संक्रमण देखिएपछि आइसोलेसन वार्डमा राखिएको पुष्टि गरे तर सांसदको नाम भने खुलाइएको छैन ।
सांसदको स्वाबको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको डा. जोशीले बताए । नमूना परीक्षणको विवरण आएपछि कोरोना भए/नभएको थाहा हुने जनाइएको छ ।