०३ साउन २०८३, आइतबार

कोरोना : गायिका कनिका कपूरलाई धेर नखरा नगर्न अस्पतालको आग्रह

चैत ९, २०७६
कोरोना : गायिका कनिका कपूरलाई धेर नखरा नगर्न अस्पतालको आग्रह

बलिउड गायिका कनिका कपूरमा कोरोनाभाइरस देखिएपछि लखनउमा रहेको सञ्जय गान्धी पीजीआईएमएसमा राखिएको छ । 

अस्पतालमा उनले अनेकथरी नखरा देखाएपछि अस्पतालले उनलाई सहयोग गर्न भनेको छ । 

‘कनिका कपूरलाई अस्पतालमा सम्भव भएसम्मको उपचार गरिँदैछ । एक रोगीका रूपमा उनले अस्पताललाई सहायता गर्नुपर्छ र स्टारको जस्तो नखरा देखाउनुहुँदैन , उनलाई अस्पतालको किचनबाट ग्लुटन नभएको खानेकुरा दिइएको छ । उनले हामीलाई सहयोग गर्नुपर्छ,’ अस्पतालका निर्देशक डा आरके धिमानले भने । 

‘उनलाई शौचालय सहितको एकान्त कोठा दिइएको छ, छुट्टै खाट र टेलिभिजन पनि दिइएको छ । उनी बसेको कोठाको भेन्टिलेसनमा एसी जडान गरिएको छ र कोभिड–१९ युनिटका लागि भिन्न एयर ह्यान्डलिङ युनिट दिइएको छ ।

उनको उपचारमा गर्न सकिने सबै काम गरिएको छ तर उनले आफूलाई रोगी ठान्नुपर्छ, स्टार हैन,’ उनले भने । 

प्रहरीका अनुसार, कपूर मार्च ११ मा लखनउ आइपुगेकी थिइन् र उनलाई अधिकारीहरूले नियममुताबिक सेल्फ क्वारेन्टाइनमा बस्न भनेका थिए । तर उनले निर्देशन बेवास्ता गर्दै पार्टी गरिन् अनि ताजमहल होटलमा बसिन् । उनी केही दिनअघि लन्डन गएकी थिइन् । 

शुक्रवार उनले कोरोनाभाइरस पोजिटिभ भएको घोषणा गरिन् । उनले इन्स्टाग्राममा गएर स्वास्थ्य अवस्था शेयर गरेकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्