२३ असार २०८३, मंगलबार

कोरोनाबाट बच्न मदिरा बिक्रीवितरण बन्द

कोरोनाबाट बच्न मदिरा बिक्रीवितरण बन्द
प्रतिकात्मक तस्वीर

कोरोना भाइरस संक्रमणको महामारीले विश्व आक्रान्त बनिरहेको बेला कोरानाबाट बच्न पूर्व सावधानी अपनाउँदै दाङको तुलसीपुर उपमहानगरपालिका–१६ ले मदिरा बिक्रीवितरणमा बन्द गरेको छ ।

आइतवार वडाभित्रका २१ वटा टोल विकास अध्यक्षलाई पत्राचार गर्दै वडाध्यक्ष भुपबहादुर केसीले मदिरा बिक्रीवितरण बन्द गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

वडाको निर्णय अटेर गरेर कसैले मदिरा बिक्रीवितरण गरे वडा कार्यालयमा खबर गर्न आग्रह गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्