
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पश्चिमी सीमा गड्डाचौकी नाका चैत ११ गते मंगलवारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरसको संक्रमण भित्रिन नदिन सतर्कता अपनाउँदै प्रशासन कार्यालयले पैदलयात्रु समेत आवतजावत गर्न नपाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।
भीमदत्त नगरपालिकाको आग्रहमा प्रशासनले सीमा नाका गड्डाचौकी समेत बन्द गर्ने निर्णय गरेको हो । अन्य नाका भने प्रशासनले यसअघि नै बन्द गरिसकेको छ ।
प्रशासनले सीमा क्षेत्रमा रहेका सबै प्रकारका मदिरा पसल समेत बन्द गर्ने निर्णय गरेको छ । अर्काे सूचना जारी नभएसम्मका लागि सीमा नाका बन्द गरिएको छ ।
यस्ता छन् प्रशासनका निर्णय –
