०१ असार २०८३, सोमबार

सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड निवासमा साइकलले फन्को लगाउँदै

सेल्फ क्वारेन्टाइनमा बसेका प्रचण्ड निवासमा साइकलले फन्को लगाउँदै

विश्वव्यापी महामारीको स्वरूप ग्रहण गरेको कोरोना भाइरस (कोभिड १९)को त्रासका बीच घरमै सेल्फ क्वारेन्टाइनमा बसेका नेकपा अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले साइकिलिङ गरेर समय व्यतित गरेका छन् । 

प्रचण्डका ज्वाइँ जीवन आचार्यले आइतवार दिउँसो प्रचण्डले साइकिलिङ गर्दै गरेको फोटो र भिडियो समाजिक सञ्जालमा पोस्ट गरेका छन् । 

‘सेल्फ क्वारेन्टाइनका बेला पनि शरीर चुस्त राख्न जरुरी छ । शारीरिक व्यायामले इम्युनिटी पावर बढाई कोरोनाविरुद्ध लड्न मद्दत पुर्‍याउँदछ,’ उनले लेखेका छन् । 

कालो भादगाउँले टोपी, एडिडासको ट्र्याकसुट र स्पोर्टर्स सुजमा प्रचण्डले घरको कम्पाउन्डमै फन्को मारेका छन् ।

कोरोनाका कारण प्रचण्डले बिहीवारदेखि नियमित भेटघाट र औपचारिक कार्यक्रम रद्द गरेका थिए ।

अन्य समयमा पनि प्रचण्डले बिहानको समयमा शारीरिक व्यायाम गर्ने गरेका छन् । 

कोरोनाका कारण राजनीतिक गतिविधि शून्य हुँदा नेताहरू घरमै बसेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्