२३ असार २०८३, मंगलबार

कोरोना रोकथाम गर्न नेपाल बैंकले सरकारलाई १ करोड दिने

चैत ९, २०७६
कोरोना रोकथाम गर्न नेपाल बैंकले सरकारलाई १ करोड दिने

विश्वव्यापी संक्रमण भइरहेको कोरोना भाइरसको रोकथाम र जोखिम न्यूनीकरणमा सिंगो मुलुक केन्द्रित भएका बेला नेपाल बैंकले नेपाल सरकारको पहललाई साथ दिन १ करोड रुपैयाँ रकम प्रदान गर्ने भएको छ ।

मानवीय विपत्का घडीमा देशमा कोरोनाको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन विपद्बाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी प्रदान गरिने भएको हो ।

बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्