०१ साउन २०८३, शुक्रबार

नेपाली काँग्रेसले वैशाख १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने

कात्तिक २०, २०७४
नेपाली काँग्रेसले वैशाख १० गते चुनावी घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौँ, ७ वैशाख - आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको तयारीका सम्बन्धमा नेपाली काँग्रेसका पदाधिकारी तथा वरिष्ठ केन्द्रीय सम्मिलित बैठकले छलफल गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज भएको बैठकमा मुलुकभर पार्टीको निर्वाचन तयारी र अवस्थाका बारेमा छलफल भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको निर्वाचन तयारी, निर्वाचनमा सर्वसम्मतरुपमा पार्टीको उम्मेदवार चयन गर्नुपर्ने विषयदेखि निर्वाचनमा सहभागी नहुने निर्णय गरेका मधेसकेन्द्रित दललाई कसरी सहमति ल्याउने भन्नेबारेमा समेत छलफल भएको बताइएको छ ।

काँग्रेसले निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउन पार्टीका स्थानीय संरचनालाई जिम्मा दिईसकेको छ । पार्टीले निर्वाचन तयारीका लागि सबै जिल्लामा पदाधिकारी तथा केन्द्रीय सदस्य खटाउनुका साथै घोषणापत्र तयार भइसकेको र यही वैशाख १० गते सार्वजनिक गर्ने जनाएको छ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पार्टी नेता तथा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिलगायत सहभागी हुनुहुन्थ्यो । बैठक भोलि पुनः बस्ने सो पार्टीले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्