
लुटपाटमा संलग्न रहेको आरोपमा ३ प्रहरी मकवानपुरबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत १ जना असई र २ जना जवान मकवानपुरको पालुङबाट पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा असई सुरेन बस्याल तथा जावनहरू हेमन्त मगर र वीरबहादुर बस्नेत छन् ।
पक्राउ परेकाहरूमाथि अनुसन्धान गरी दोषी पाइए हदैसम्मको कारवाही गरिने महानगरीय प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।
‘उनीहरू कार्यलय समय सकएपछि गएको देखिन्छ, तर प्रहरीको बर्दी लागाएर अपराधमा संलग्न भएको भए हदैसम्मको कारवाही हुन्छ,’ डीआईजी पोखरेलले भने ।