२६ असार २०८३, शुक्रबार

ढुवानी सेवा नियमित सञ्चालन गर्न महास‌ंघको आग्रह

चैत १०, २०७६
ढुवानी सेवा नियमित सञ्चालन गर्न महास‌ंघको आग्रह
फाइल तश्वीर

नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले ढुवानी सेवालाई निर्वाधरुपमा सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ ।

 महासङ्घले आइतबार एक विज्ञप्ति जारी गरी ढुवानी सेवा   अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले यसलाई निर्वाधरुपमा सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको हो । गत शुक्रबार सरकारले आइतबारदेखि अत्यावश्यकबाहेक अरु सेवा सञ्चालनमा रोक लगाउने घोषणा गरेको थियो । 

महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले कोभिड–१९ (कोरोना भाइरस)  को सम्भावित जोखिम विरुद्ध एकजुट हुँदै  महासङ्घले आफ्नो तवरबाट सरकारलाई साथ र सहयोग गर्ने बताए। 

 'ढुवानी व्यवसाय पनि अत्यावश्यक सेवा हो, यसलाई निर्वाध ढङ्गले सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्दछौँ', उनले भने । महासङ्घले आफ्नो संस्थामा आबद्ध करिव ६५ हजार व्यवसायीलाई आपूर्ति व्यवस्थालाई सहज पार्नका लागि सबैसँग अनुरोधसमेत गरेको छ । 

राजधानीलगायत देशका हरेक क्षेत्रमा ढुवानी सहज बनाई आवश्यक साथ र सहयोग गर्न महासङ्घ तल्लीन रहेको महासङ्घले जनाएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्